दफा ३६
नियम तथा विनियम बनाउने अधिकार
:(१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न परिषद्ले आवश्यक नियमहरु बनाउन सक्नेछ र त्यसरी बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।
(२) परिषद्ले आफ्नो दैनिक कार्य सञ्चालनको लागि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विनियमहरु बनाउन सक्नेछ ।
(२) परिषद्ले आफ्नो दैनिक कार्य सञ्चालनको लागि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विनियमहरु बनाउन सक्नेछ ।